कोरोना संक्रमणका कारण ललितपुरमा ३ जनाको मृ/त्यु

  • प्रकाशित मिति: बुधबार, साउन २८ २०७७
  • तामाकोशी

ललितपुर स् ललितपुरका पाटन, किस्ट र मेडिसीटी अस्पतालमा गरेर तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेस्वर गेलालका अनुसार पाटनमा जनकपुरको ३८ वर्षिया महिला, मेडिसीटीमा ७१ वर्षीय जनकपुरका पुरुषको मृ/त्यु भएको हो। ती पुरुष पुरानो निमोनियाका बिरामी भएको र गत महिना अस्पताल भर्ना भएका थिए। उनको बुधबार बिहान मृ/त्यु भएको हो।

त्यस्तै किस्ट अस्पतालमा अर्की एक जना महिलाको कोरोनाबाट मृ/त्यु भएको छ।अन्नपूर्ण पोष्टका अनुसार टेकुबाट रिफर गरेर पाटन अस्पताल पुर्‍याएकी ७८ वर्षिया महिलामा ज्वरो, झाडाबान्ता भएको थियो। उनलाई २६ गते पाटन अस्पतालले किस्ट पठाएको हो ।