रामेछाप । साउन २६ गते,
रामेछापको रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र पौडेलको बिदाइ गरिएको छ । ९ महिनाअघि रामेछाप नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत भएर रामेछाप आएका पौडेलको सोमबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले बिदाइ गरेको हो । पौडेललाई बिदाइ गर्दै नगरपालिका प्रमुख नर बहादुर थापा मगरले नगरपालिकाको सेवा प्रवाह र समन्वयको हिसाबले अहिलेसम्मकै राम्रो काम गरेको भन्दै अधिकृत पौडेललाई धन्यवात दिदै खुशी ब्यक्त गरे । उपप्रमुख सिर्जना खड्का र वडाका वडा अध्यक्षहरुले प्रशासकिय अधिकृत पौडेलले नौं महिने कार्यकालमा गरेको काम जिल्लाका अन्य स्थानीय तहहरु मध्येकै उत्कृष्ट भन्दै प्रशंसा समेत गरिन् । कार्यक्रममा विभिन्न राजनितीक दलका प्रमुख एवं प्रतिनिधीहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु,नागरिक समाजका प्रतिनिधीहरुले समेतले प्रशासकिय अधिकृत पौडेलको छोटो वसाईमा नमुना योग्य काम गरेको भन्दै खुशी प्रकट गरेका थिए । प्रशासकिय अधिकृत पौडेलले आफ्नो कार्यकालमा भएका राम्रा काम जनप्रतिनिधी,राजनीतीक दल, कर्मचारी,सञ्चारकर्मी र नागरिक समाजको अतुलनिय साथ सहयोगले भएको भन्दै सवैलाई धन्यवाद व्यक्त गरेका थिए । उनी आफ्नो कार्यकालमा नगरभित्र समयमै योजना सम्झौता, प्रत्येक वडामा डाक्टर सहितको निशुल्क स्वास्थ्य घुम्ति शिवर र पशु स्वास्थ्य घुम्ती शिवीर, एक घर एक पशू विमा कार्यक्रम ,वडा वडामा योजना सम्झौता, बंैक मार्फत सामाजिक सूरक्षा भत्ता वितरण, नगरपालिकामा भित्रने पर्यटकहरुलाई ध्यानमा राखी ओख्रेनी र सुकाजोरको सिमानामा पर्ने भालुखोप डाँडामा भ्यूँटावर निर्माण गर्नुको साथै होमस्टेसञ्चालन गरी नागरिकको मन मनमा वस्न सफल भएका थिए ।
रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेलको बिदाइ
- प्रकाशित मिति: सोमबार, साउन २६ २०७७
- तामाकोशी