काठमाडौंमा भेटियो टाउको र खुट्टाविनाको श व,सबै चकित अनुसन्धान हुदैँ

  • प्रकाशित मिति: आइतबार, साउन २५ २०७७
  • तामाकोशी

२५ साउन, काठमाडौं । गोंगबु चोकबाट गणेश मन्दिरतिर छिर्ने बाटोमा एक सय मिटर अघि बढेपछि नवज्योति मार्ग आउँछ । आइतबार एकाबिहानै त्यहाँ हिँड्ने एक सर्वसाधारणले सडकको दाहिने किनारमा रग तले लतपतिएको सुटकेश फेला पारे । उनले तत्काल प्रहरी कन्ट्रोल १०० मा फोन गरे । त्यसपछि यो खबर काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली, महानगरीय अप राध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपककुमार थापालगायत अधि कृतहरु कहाँ पुग्यो । जघन्य अपराधको संकेत पाएका ज्ञवाली र थापा आफैं घटनास्थलमा खटिए । फरेन्सिक विज्ञ र केन्द्रीय कुकुर तालिम केन्द्रका टोलीलाई पनि त्यहाँ बोलाइयो । त्यतिञ्जेलसम्म सुटकेश खोलिएको थिएन ।

तर, सुटकेशमा शव भएको कुरामा कुनै द्विविधा थिएन । ‘कुकुरलाई सुँघाएर अनुसन्धान गर्न सजिलो होस् भनेर हामीले सुटकेश खोल्न हतार गरेनौं’, अनुसन्धानमा संलग्न एक अधिकृतले अनलाइनखबरसँग सुनाए, ‘सबै टोली पुगेपछि खोल्दा सुटकेशमा टाउको र खुट्टाविनाको श व भेटियो ।’सुटकेशभित्रको शव अन्दाजी ४० देखि ४५ वर्षका पुरुषको भएको चिकित्सकले अनुमान गरे । तर, टाउको नभेटिइ अनुसन्धानलाई अघि बढाउन गाह्रो थियो ।



कुकुरले भेट्यो टाउको र खुट्टा

शवको अन्य भाग कहाँ गयो त ? यो पत्ता लगाउन प्रहरीले विशेष तालिम प्राप्त जोजो नामक ट्याकर कुकुरको सहारा लियो । प्रहरीले यो कुकुर ०७४ सालमा बेलारुसबाट खरिद गरेको थियो । सुटकेश सुँघाएर छाडिएको कुकुर तीन सय मिटर पर गएर रोकियो, जहाँ अर्को जेब्रा झोला भेटियो । ‘झोला खोलेर हेर्दा टाउको र खुट्टा भेटियो’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘टाउको भेटिएसँगै अनुसन्धान एक चरण अघि बढेको छ, टाउको नभएको भए, सनाखत गर्नै धौधौ पर्थ्यो ।’

सनाखत गर्ने प्रयासमा प्रहरी

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार अहिले शवको सनाखत गर्ने प्रयास जारी छ । यसका लागि बेपत्ता व्यक्तिहरुको फाइल प्रहरीले पल्टाइरहेको छ । घरबाटै कोही हराएको भए खबर गर्न अनुरोध गरेको छ । पछिल्लो पटक अपहरण भएको कुनै घटना पनि प्रहरी कहाँ रिपोर्ट भएको छैन । त्यसैले प्रहरीले अहिले प्राविधिक पक्षको विश्लेषणबाट अनुसन्धान गरिरहेको छ । शव भेटिएको स्थान नजिकैका व्यक्तिहरुले बताए अनुसार मध्यराति सडकमा एक पुरुष र महिला हिँडेको आवाज सुनिएको थियो । तर उनीहरुले अनुहार नदेखेको बताएका छन् ।

प्रहरीले यो बयानलाई पनि केन्द्रमा राखेर क्लोज सर्किट (सीसी) क्यामरा फुटेजको विश्लेषण गरिरहेको छ । तर रातको समय र पानी परिरहेका बेला भएकाले सीसी टीभी फुटेजको विश्लेषण पनि सहज छैन । प्रारम्भिक अनुसन्धानमा शव भेटिएको स्थानमा हत्या भएको सम्भवना कम रहेको अधिकृतहरु बताउँछन् । ‘अन्त कतै हत्या गरेर यहाँ फ्यालिएको हुनसक्छ’, स्रोत भन्छ, ‘जुन प्रकृतिले सुटकेश र झोलामा शव राखिएको छ, यो व्यवस्थापन गर्न यहाँ ल्याइएको जस्तो देखिएको छ ।’

अप राधमा संलग्न व्यक्तिहरुले घना वस्तीमा शव फ्यालेकाले यसमा व्यवसायिक अपराधीको संलग्नता हुनसक्ने सम्भवना भने कम छ । फेरि टाउको पनि नजिकै भेटिनुले यो आशंकालाई थप बल पुर्‍याएको छ । थप अनुसन्धान प्रहरीले गरिरहेको छ । अनलाइनखबर लेखिएको छ ।