सिन्धुपाल्चोक । साउन २२ गते,
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विकट वडा नं ६ थाङ्पाल धाप लेखर्ककी एक गर्भवतीलाई बिहीबार हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बिहान ८ बजेदेखि भर्ना गरिनुभएका ३४ वर्षीया पासाङ लामालाई स्थानीय स्वास्थचौकीबाट सुत्केरी गराउन नसकेपछि गाउँपालिकाको पहलमा नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौं पठाइएको गाउँपालिका अध्यक्ष टासी लामाले बताउनुभयो । शिशुको टाउको ठूलो रहेको र मुटुको धड्कन सामान्य नरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले जानकारी दिनुभयो । अविरल वर्षाले सडकमा पनि क्षति पु¥याएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ ।
गर्भवतीको हेलिकप्टरबाट उद्धार
- प्रकाशित मिति: बिहिबार, साउन २२ २०७७
- तामाकोशी