रक्तदान र निबन्ध लेखन प्रतियोगिता गरि युवा दिवस मनाइने

  • प्रकाशित मिति: बिहिबार, साउन २२ २०७७
  • तामाकोशी

रामेछाप । साउन २२ गते,
रामेछापको मन्थली नगर युवा सञ्जालले रक्तदान तथा निबन्ध लेखन प्रतियोगिता गरेर युवा दिवसका मनाउने तयारी गरेको छ । विश्वमा संक्रामक रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले निम्त्याएको फरिस्थितीलाइ ख्याल गर्दै सञ्जालले यस्तो कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो । साउन २१ गते बुधबार बसेको मन्थली नगर युवा सञ्जालको पहिलो बैठकले २०७७ साल साउन २७ गते मंगलबार रेडक्रस सोसाइटी रामेछापसंग समन्वय गरि रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको युवा सञ्जालका अध्यक्ष पुष्कर भट्राईले जानकारी दिनुभयो । उहाँका अनुसार रक्तदान कार्यक्रम वातावरण संरक्षण परियोजना रामेछापमा सहयोगमा मन्थली नगर युवा सञ्जालको आयोजना गर्ने छ । यस्तै युवा दिवसका अवसरमा वातावरण संरक्षण परियोजनाको कार्यक्षेत्र मन्थली नगरपालिका वडा नं. १ देखि ६ नम्बर सम्म गठन भएका युवा क्लब सहभागी हुने गरि निबन्ध लेखन प्रतियोगिता आयोजना गरिने अध्यक्ष भट्राईले बताउनुभयो । उहाँका अनुसार वातावरण संरक्षण परियोजनाको सहजिकरणमा मन्थली नगर युवा सञ्जालको आयोजनामा निबन्ध लेखन प्रतियोगिता हुनेछ । निबन्ध लेखन प्रतियोगितामा घरमै लेखिएका निबन्ध साउन २१ गते बुधबार देखि २७ गते मंगलबारसम्म उपलब्ध गराउन सकिने बताइएको छ ।