कैलाली । साउन २१ गते,
कैलालीको भजनी नगरपालिका वडा नम्बर–४ का सचिव सुमनकुमार चौधरी बलात्कारको आरोपमा पक्राउ परेका छन् । एक महिलाको उजुरीपछि ती वडासचिवलाई प्रहरीले बुधबार भजनी नगरपालिका–४, खैलाडबाट पक्रेको हो । आफूलाई बलात्कार गरेको भन्दै महिलाले चौधरीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा साउन १८ गते उजुरी दिएकी थिइन् । इलाका प्रहरी कार्यालय भजनीको टोलीले नियन्त्रणमा लिएर चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताउनुभयो । साउन ५ गते घटना भएको भएपनि स्थानीयस्तरमै मिलाउने प्रयास गरिएको र त्यस कार्यमा जनप्रतिनिधि नै संलग्न रहेको आरोप छ । महिलालाई इलाका प्रहरी कार्यालय भजनीमा उजुरी दर्ता नगर्न दबाब दिएपछि उनले जिल्लामै पुगेर उजुरी दर्ता गरेपछिमात्र घटना सार्वजनिक भएको हो । पक्राउ परेका चौधरी कैलालीकै टीकापुर नगरपालिका वडा नम्बर–६ का स्थायी बासिन्दा हुन् ।
बलात्कार गरेको आरोपमा वडासचिव पक्राउ
- प्रकाशित मिति: बुधबार, साउन २१ २०७७
- तामाकोशी