रामेछाप । साउन २० गते,
रामेछाप जिल्लामा राष्ट्रिय परिचय पत्रका लागि २० दिनमा ३ सय ६७ जनाको व्यक्तिगत विवरण संकलन गरिएको छ । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले गत साउन १ गते आफ्नो व्यक्तिगत विवरण सहित फोटो खिचाएपछि जिल्लामा औपचारीक रुपमा विवरण संकलनको कार्य सुरु भएको थियो । विवरण संकलन कार्य सुरु भएयता ३ सय ६७ जनाले आफ्नो विवरण संकलन गराएको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर कुमार श्रेष्ठले जनाकारी दिनुभयो । जिल्ला प्रशासन कार्यलयमा नागरिकता र राहदानी बनाउँन आउँने दैनिक २५ जना भन्दा बढीको व्यक्तिगत विवरण संकलन हुने गरेको श्रेष्ठले बताउनुभयो । जिल्लामा अहिले प्रशासन कार्यालयबाट मात्रै विवरण संकलन कार्य भैरहेको छ । नागरीकताको संकल प्रति सहित जिल्ला प्रशासनका स्वयम उपस्थित भई राष्ट्रिय परिचय पत्रको लागि आफ्नो विवरण दिन सकिने व्यवस्था गरिएको छ । सरकारले विस २०७५ मंसिर ३ गते पाँचथर जिल्लाका १०१ वर्षका जेष्ठ नागरिक भगवती देवी भण्डारीलाई प्रदान गरी राष्ट्रिय परिचयपत्र वितरणको औपचारिकरुपमा सुरुवात गरेको थियो । सोहि अनुसार रामेछापमा पनि अहिले राष्ट्रिय परिचय पत्रका वितरणका लागि व्यक्तिगत विवरण संकलन गर्ने कार्य भैरहेको हो ।
राष्ट्रिय परिचय पत्रका लागि रामेछापमा २० दिनमा ३ सय ६७ जनाको विवरण संकलन
- प्रकाशित मिति: मंगलबार, साउन २० २०७७
- तामाकोशी