वास्तविकता खास केहो ? अर्जुन बि.क. को सबै कुरा झुट् र नाटक मात्र रहेछ,बास्तबिकता बताई श्रीमती लक्ष्मी बि.क. ले(भिडियो)

  • प्रकाशित मिति: मंगलबार, साउन २० २०७७
  • तामाकोशी

सामान ओसार्ने रिक्सा चालक २४ बर्षिय अर्जुन बिक सामाजिक संजालमा एकाएक भाईरल भएका छन । उनको २ बर्षिय छोरा बिकासलाई पिठियुंमा सर्टले बेरेर बोकी काम गर्न हिंडेको तस्बिर भाईरल भएको हो । खेलकुदमा ताईकाण्डोका ३ डन समेत रहेका बिक लकडाउनमा परिवारले छाडेपछी एक्लै भएका हुन र आफ्नो छोरा बिकास सँगै राखेका छन । घरका पारिवारिक झगडाले श्रीमतीले छाडेर गएको बताए ।

कलाकार बन्ने चाहना बोकेर काठमाण्डौ आएका बिक एक बर्ष पहिले शुटिङ लाइनमा काम गर्ने गर्थे जीवनमा निकै दु:ख पाए त्यसपछी उनले त्यही रिक्सामा कुरकुरे बेच्न थाले तर लकडाउनले उनको त्यो ब्यवसाय पनि बन्द भयो र अहिले केही काम नपाए पछी फर्निचरका सामान बोक्न थाले । त्यसै बेला कसैले उनको त्यो बच्चा बोकेको फोटो सामाजिक संजालमा भाईरल भयो ।



सूटिङ स्पटमा काम गर्ने बेला उनले नेपाली चर्चित कलाकार पल शाह देखी धेरै कलाकारलाई खाना खुवाएको भने । भबिस्यमा गायक बन्ने रहर भएको र रकम जम्मा भयो भने पक्कै एउटा गीत निकाल्ने उनले भने । यसरि मिडियामा आईसके पछी अर्जुनाकी श्रीमती मिडियामा आएकी छन् । यता राजधानीमा अर्जुन उता कैलालीमा श्रीमती मिडियामा आएकी छन् । खास केहो भन्ने कुराको अझै बाहिर आएको छैन । यता अर्जुन भने मिडियामा आईसके पछी चौतर्फी सहयोग आएको छ । हेर्नुहोस् भिडियो:-