काठमान्डौं । सैनिक कल्याणकारी कोषको रकम ३८ अर्ब ५७ करोड ६१ लाखबाट बढेर ४५ अर्ब ८६ करोड ५० लाख पुगेको छ । यो वर्ष १८.९० प्रतिशत (७ अर्ब २९ करोड १९ लाख रुपैयाँ) ले कोषको रकम वृद्धि भएको छ ।
कोभिड–१९ को महामारीका कारण नकारात्मक असर परे पनि कोषको समग्र प्रगति सन्तोषजनक रहेको सैनिक कल्याणकारी योजना निर्देशनालयका सहायक रथी सुरज केसीको भनाइ छ । उनका अनुसार विभिन्न निकायमा २०७७ असारसम्म गरिएको लगानी ५ अर्ब ७४ करोड २४ लाखलाई समेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति ५१ अर्ब ६१ करोड ४ लाख पुगेको छ ।
कोषको बेरुजु २० करोड १४ लाख १७ हजार रुपैयाँ रहेकामा असार मसान्तसम्ममा १२ करोड ७० लाख २३ हजार रुपैयाँ फर्च्छ्यौट भएको पनि केसीले जनाए ।
नेपाली सैनिक कोषमा ४५ अर्ब ८६ करोड, कसरी ?
- प्रकाशित मिति: शनिबार, साउन १७ २०७७
- तामाकोशी