मोबाइल चलाउनेले यस्तो नयाँ व्यवस्था जान्नै पर्ने

  • प्रकाशित मिति: बिहिबार, साउन १५ २०७७
  • तामाकोशी

काठमाण्डौ । नेपाल टेलिकमले रिचार्ज गर्न र नयाँ प्रिपेड सिम एक्टिभ गर्न नयाँ कोड चलनमा ल्याएको छ । टेलिकमका विभिन्न सेवाहरुको रिचार्ज गर्नका लागि (स्टार चार सय बाह्र ह्यास) प्रयोग गर्न सकिने भएको छ । कम्पनीको जीएसएम मोबाइलबाट (स्टार चार सय बाह्र ह्यास) डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ । त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिन्छ ।
यो सुविधाबाट आफ्नो मात्र नभइ अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न पनि सकिन्छ । कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्याण्ड लाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाईम्याक्स सेवा र सिप सेवाहरुको रिचार्ज नयाँ कोड प्रयोग गरी सहज रुपमा गर्न सकिन्छ ।
त्यसैगरी नयाँ सिम सुरु गर्न अहिले (चौध पन्ध्र) मा कल गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले (स्टार चौध चौध स्टार) डायल गरी सेवा सुरु गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।