काठमाडौं, साउन १४ गते । भदौ सात गतेभित्र उद्योगहरु नवीकरण गरिसक्न उद्योग विभागले आग्रह गरेको छ । साउन ७ गतेबाट लकडाउन खुलेको र अतिरिक्त ३० दिन नवीकरणका लागि समय दिइएको अन्यथा जरि’वाना लाग्ने विभागद्वारा जारी सूचनामा उल्लेख छ ।
लकडाउन साउन ७ गते खुलेको र त्यसको ३० दिनसम्म विभागसँग सम्बन्धित कार्यहरु गराइसक्नुपर्ने अन्यथा साविककै दरमा जरिवाना लाग्ने छ, विभागद्वारा जारी सूचनामा उल्लेख छ । विभागको सूचनापछि उद्योग नवीकरण, पेटेन्ट, डिजाइन र ट्रेडमार्क दर्ता नवीकरण भदौ ७ गतेभित्र गरिसक्नुपर्नेछ । यस्तै आफ्नो व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थपका लागि निवेदन दिने समय पनि भदौ पहिलो सातासम्मको लागि मात्रै थप गरिएको छ । तर यो सबै नवीकरण गर्ने कार्यमा विदेशी लगानीकर्ताले भने थप १ महिनाको समय पाउनेछन् ।
उपत्यका बाहिर सञ्चालन हुनेले पनि सबै कार्यका लागि थप १ महिनाको समय पाउने भएका छन् ।
भदौ ७ भित्र उद्योगहरु नवीकरण नगरे जरि’वाना (सुचना सहित)
- प्रकाशित मिति: बुधबार, साउन १४ २०७७
- तामाकोशी
