वाग्मती, साउन १३ गते । हेटौंँडामा ट्रयाक्टर दुर्घ’टना हुँदा दुई जनाको ज्या’न गएको छ । हेटौंडा बजारबाट निर्माण सामग्री लिएर पूर्वी मकवानपुरको वाग्मतीतर्फ जाँदै गरेको ट्रया’क्टर धरान–चतारा सडकखण्डअन्तर्गत हेटौंँडाको हटियामा दुर्घ’टना हुँदा वाग्मती गाउँपालिका– ६ का अन्दाजी ५० वर्षीय लोप्चन र वाग्मती ८ का अन्दाजी १७ वर्षीय किशोरसुजल नेगीको ज्या’न गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घ’टनामा वाग्मती– ६ का १६ वर्षीय मनोज जिम्बा घाइते भएका छन् ।
हेटौंँडाबाट निर्माण सामग्री बोकेर वाग्मती गाउँपालिकाको फापरबारी भन्ने ठाउँमा जाँदै गरेको ना ५ त ८०८८ नम्बरको ट्रयाक्टर दुर्घ’टना भएको हो । दुर्घ’टनामा गम्भीर घाइते दुई जनाको उपचारका क्रममा हेटौंँडा अस्पतालमा ज्या’न गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक रानाका अनुसार घाइते एक जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । ट्रयाटर चालक भने फरार रहेको जनाइएको छ ।
-रासस
हेटौँडामा ट्रयाक्टर दुर्घ’टना हुँदा दुई जनाको ज्या’न गयो
- प्रकाशित मिति: सोमबार, साउन १२ २०७७
- तामाकोशी