सुनको भाउले नयाँ रेकर्ड बनायो

  • प्रकाशित मिति: बिहिबार, साउन ८ २०७७
  • तामाकोशी

काठमाण्डौ । साउन ८ गते,
सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ९४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ विहीबार तोलामा ५ सय रुपैयाँ बढेको हो । यस्तै चाँदीको भाउ विहीबार तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र खराब अवस्थामा गइरहेकाले लगानी सुरक्षित गर्नका लागि सुनचाँदीमा आकर्षित हुँदा भाउ महँगो भएको महासङ्घ अन्तर्गतको सुनचाँदीको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभएको छ ।