कोरोना परीक्षणको रिपोर्टपछि दा हसंस्कार गरिने,क्वारेन्टाइनभित्रै बिरामीको मृ त्यु

  • प्रकाशित मिति: आइतबार, साउन ४ २०७७
  • तामाकोशी

दक्षिण पर्वतको पैयुँ गाउँपालिकास्थित सामुदायिक क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृ त्यु भएको छ । पीसीआर रिपोर्ट नेगेटिभ आएपछि गाउँको क्वारेन्टाइनमा पठाइएका ५२ वर्षीय यामबहादुर भारतीको मृ त्यु भएको हो । पैयुँ गाउँपालिका–६ का भारतीको शुक्रबार राति गण्डकी अस्पताल पोखरामा मृ त्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार राति उनलाई अस्पताल पु¥याइएको थियो । उनलाई राति नै चिकित्सकले मृ त घोषणा गरेका थिए ।

स्वास्थ्य कार्यालयका प्रमुख डा. भोजराज गौतमका अनुसार असार पहिलो साता भारतबाट फर्किएका उनको असार २३ गते पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना रोकथाम जिल्लास्तरीय कमाण्ड पोष्टको निर्णयअनुसार रिपोर्ट नेगेटिभ आएकोले उनलाई दुई साताका लागि पैयुँ–४ स्थित जनसेवा संस्कृत माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्नेगरी पठाइएको थियो । २४ गते उक्त क्वारेन्टाइनमा पठाइएका उनको बसाइ आइतबार सकिँदै थियो ।तर क्वारेन्टाइनमा बसेको बेला मृ त्यु भएका उनी उच्च रक्तचापको बिरामी भएको पाइएको छ । मृ तक भारती पहिलेदेखिनै उच्च रक्तचापको बिरामी भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले बताए ।



‘नियमित औषधि सेवन समेत नगरेको देखिएका कारण उच्च रक्तचापले गर्दा हृदयघात भएको हुन सक्छ,’ डा. देवकोटाले भने । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएपछि उनलाई मृ त घोषित गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी विश्वराज अधिकारीले जानकारी दिए । मृ तक भारती भारतबाट असार १६ गते कुस्मा आएका थिए र पुलिङ क्वारेन्टाइनमा बसेका थिए । कोरोना रिपोर्ट परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र गाउँ पठाइएको थियो ।

कोरोनाको लक्षण नदेखिएको भए पनि उनको दाहसंस्कारमा सहज बनाउन स्वाबको नमुना लिइएको डा. गौतमले बताए । ‘क्वारेन्टाइनमै रहेको हुँदा एक पटक स्वाब लिएर रिपोर्ट आएपछि मात्रै दाहसंस्कार गर्न सल्लाह दिएका छौँ,’ गौतमले भने । अन्नपूर्ण पोष्टमा लेखिएको छ ।