रामेछापमा राष्ट्रिय परिचयपत्रका लागि दुईदिनमा ४० जनाको विवरण सङ्कलन

  • प्रकाशित मिति: शनिबार, साउन ३ २०७७
  • तामाकोशी

रामेछाप । साउन ३ गते,
रामेछापमा ४० जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ । विवरण दर्ता सुरु भएको दुईदिनमा ४० जनाले आफ्नो व्यक्तिगत विवरण दर्ता गराएका हुन् । दर्ता कार्य सुरुभएको पहिलो दिन बिहीवार १५ जना र दोस्रो दिन शुक्रबार २५ जनाको विवरण सङ्कलन गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । बिहीवार जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले आफ्नो विवरण दर्ता गराई राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यको शुभारम्भ गरेका थिए । पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा नागरिकता तथा राहदानी बनाउन आउने र आवश्यक कागजात लिएर आउने अन्य व्यक्तिको स्थायी विवरण दर्ता नागरिकहरुको सहभागिता निकै उत्साहजनक रहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । २ नगरपालिका र ६ गाउँपालिकाको ६४ वटा वडा रहेको रामेछापमा अहिले दैनिक करिव ३० जनाले नेपाली नगरिकता र करिव १५ जनाले राहदानी लिने गरेका छन् । राष्ट्रिय परिचयपत्र बहुपहिचान युक्त परिचयपत्र हो , परिचयपत्र भएपछि सरकारले नागरिकलाई प्रदान गर्ने सेवा थप प्रभावकारी हुन्छ ,कोही नागरिक राज्यबाट प्रवाहा हुने सेवाबाट बन्चित हुदैनन्, यसले सुरक्षा व्यवस्थालाई थप मजवुद बनाउन सहयोग गरी सम्पुर्ण आर्थीक कारोवारलाई थप पादर्शी बनाउन सहयोग पुर्याउने प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।