१६ वर्षीया किशोरीलाई बला त्कार गरेको आरो प लागेका वडा अध्यक्ष पक्रा उ परेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगधीश शाहीलाई प्रहरीले मंगलबार राति पक्रा उ गरेको हो । वडा अध्यक्ष शाहीले आफ्नै गाँउकी बहिनी नाता पर्ने एक १६ वर्षीया किशोरीलाई तीन वर्षदेखि लगातार बला त्कार गर्दै आएको भनी प्रह रीमा उजुरी परेको थियो । साही उजुरीका आधारमा शाहीलाई पक्रा उ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीयाले बताए ।
उनका अनुसार वडा अध्यक्ष शाहीविरुद्ध जबर जस्ती कर णी मुद्दा दर्ता भएको छ । पीडित किशोरीको जाहेरी र बयानका आधारमा मुद्धा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक यक्षराजज जोसीले बला त्कार आरोपित वडा अध्यक्षलाई मंगलबार राति ९ बजेतिर बजारबाटै प क्राउ गरिएको बताए । जोसीका अनुसार वडा अध्यक्षसँग सोधपुछ गर्दा आफूले बला त्कार नगरेको प्रतिक्रिया दिएका छन् ।
सोधपुछका क्रममा वडा अध्यक्ष शाहीले उ आफ्नो बहिनी नाता पर्ने र उनीसँग कुने अनैतिक सम्बन्ध नरहेको र आफूलाई फसाउन खोजिएको भनेको प्रहरीको भनाइ छ । पीडित किशोरीका अनुसार वडा अध्यक्ष शाहीसँग २०७४ साल बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेद्वार भएर भोट माग्न जाँदा पहिलो पटक चिनजान भएको थियो ।
पछि उनले वडा अध्यक्ष जितेपछि किशोरीले पढ्ने विद्यालयमा जाँदा भेट भयो । उनी त्यति बेला कक्षा ७ मा पढ्ने जेहेन्दार विद्यार्थी थिइन् । उनले बहिनी भनेर निकै माया देखाए । सहयोगी दाइ बने । तीन वर्षदेखि बलात्कृत भएको बताउने किशोरीले भनिन्, ‘सुरु सुरुमा बहिनी भनेर अँगालो हाल्ने, माया गर्ने जस्ता व्यवहार गर्दा मैँले दाइजस्तै माने । एक दिन विद्यालयबाट घर फर्किँदै गर्दा आफूलाई कोल हालेर घरभित्र लगेर बला त्कार गरे ।’
उनले भनिन्, ‘वद्यिालयबाट मेरो घर जाने बाटो वडा अध्यक्षको घरबाटै थियो । दाइले बहिनीलाई त्यस्तो व्यवहार गर्ला भन्ने कल्पना नै थिएन् । बाहिर भनेपछि मारिदिने धम्की दिए । मैले पीडा सहेर कसैलाई पनि भनिन् ।’ त्यसपछि उनले मलाई पटक–पटक बला त्कार गरे । मैले डरले कसैलाई पनि भनिन् । यही असारमा गाँउकी एक जना साथीले आफूलाई बोलाउन घर आइन् । म बिरामी परेर सुतेकी थिएँ । वडा अध्यक्ष घरमा आएर पुनः बला त्कार गर्दै थिए । ती साथीले सबै देखिन् । उनलाई पनि वडा अध्यक्षले कतै केही नभन्न धम्की दिएर भागेको पीडित किशोरीले बताएकी छिन् । त्यो साथीले पछि गाँउमा अरुलाई साथीहरुलाई भनिदिको गाँउमा अरुले पनि थाहापछि परिवारलाई सबै कुरा भनेको किशोरीको भनाइ छ । आज अन्नपूर्ण पोस्टमा लेखिएको छ ।