रामेछाप । असार ३० गते,बद्री नयाँघरे,
रामेछाप सदरमुकाम मन्थलीबाट तीन किलोमिटर दुरीमा निर्मार्णाधिन अवस्थामा रहेको विटार पार्क पर्यटकिय पार्कको रुपमा विकास हुुुुुुदै गएको छ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट बच्च मुलुक लकडमाउनमा परेको बेला सकरात्मक सोच,सिप र जाँगर भएका युवाहरुले रामेछाप नगरपालीकाको वडा नं ८ स्थित बावियाखर्कको बिटारमा पार्क निर्माणको कामलाई तिब्रता दिए संगै सो पार्क पर्यटकिय पार्कको रुपमा निर्माण हुन लागेको हो । लकडाउनको समयमा युवाहरुलाई रचनात्मक काममा लगाउँदा त्यसबाट उनिहरुमा जाँगर संगै सकरात्मक सोचको विकास गराई समाजलाई पनि नयाँ सन्देश दिलाउन सकियोस भन्ने उदेश्यले उनिहरुले उक्त ठाउँमा पार्क निर्माणको कामलाई तिब्रता दिएका हुन् । करिब डेढ महिना अघिबाट रासमका युवाहरुले स्वयं सेवक रुपमा आफनै भिजन र मिसनका आधारमा मन मिल्ने साथि भाई र ब्यवसायीहरु समेतको सहकार्यमा पार्क निर्माणको काम आरम्भ गरेका थिए । जस अनुसार पार्क भित्रका रुखहरुलाई संरक्षण गर्दे सबैको फेदमा रङ लगाएको थियो । त्यो संगै उनिहरुले पार्कमा वीर गोर्खालीको सानको रुपमा पहिचान बनाएको खुकुरी र भर्खरै संविधानमा प्रबृष्ट गराईएकोे नयाँ नेपालको नक्सालाई पनि चट्टानमा कुदेर पार्कमा प्रतिस्थापन गरेपछि पार्कको सुन्दरता र निर्माणको कामले गति लिएको हो ।
पार्कमा राखिएका बच्चाले खेल्ने फलामे पीङ्ग ,पोखरी र त्यहाँ लगाईएका विरुवाले पनि पार्कको मुहारलाई चम्काउने काम गरेका छन् । जसको निरन्तर विकास र रासमको कामलाई सहयोग गर्नका लागि र सुनिल रायको अध्यक्षमा पार्क संरक्षण समिति समेत गठन गरेको छ । रासमका सदस्यहरुको निस्वार्थ भावना सहितको अभियानलाई स्थानीय युवाहरुले पनि उत्तिकै दक्त चिक्त लगाएर साथ दिएर अघि बढ्ने निधो गरे पछि हाल पार्क निर्माणको काम सोचे भन्दा निकै राम्रो तरिकाले अगाडी बढेको छ । युवाहरुको उत्साहलाई थप शक्ति दिलाउने काम रामेछाप नगरपालीकाले पनि गरेको छ । उसले गरेको सहयोग संगै पार्क निर्माण स्थलमा तार बारको कम्पाउण्ड लगाउन्ो र मुल ढोकामा जिल्लाका ८ वटै तह छुट्याईएको रामेछापको नक्सा र नक्सा संगै साझा प्रेम भाव झल्काउने पानको पातले सजिएको नक्सा पनि मुल ढोका राख्ने काम लगभग सकिएको रासमको सदस्य जय मानन्धरले बताए । उनले फुर्सदको समयलाई सकरात्मक सोचका साथ विकास गर्नको लागि थालेको अभियानले अहिले निकै गति लिएको बताए । उक्त पार्कलाई जिल्लाको नमुना र साझा पार्कको रुपमा विकास गर्न मुख्य उदेश्यका साथ काम थालीएको र यसमा रामेछाप नगरपालीका संगै मन्थली नगरपालीकाको पनि अपनत्व कायम गराएर काम गर्ने तयारी पनि संरक्षण समितिले गरिरहेको । यसका लागि पार्क संगै रहेको अर्काे चउरलाई पनि संग संगै जोडेर विकास गर्ने सोच पनि आफुहरुले बनाएको अभियान्ता विपिन भट्टराईले बताए । सदरमुकाम मन्थलीबाट ३ किलो मिटर टाढाको दुरीमा रहेको विटार पार्कको निर्माण पछि उक्त ठाउँमा मनोरन्जन लिन दैनिक जसो सदरमुकाम मन्थलीबाट र बाहिरी जिल्ला बाट सदरमुकाम आउने मानिसहरु अत्याधिक रुपमा आउने र सो पार्क पर्यटकिय रुपमा पनि महत्वपुर्ण हुने विश्वासका साथ पार्कमा सार्बजनिक सौचालय र भिउ टावर निर्माण गर्ने सम्मको योजनालाई पनि युवाहरुले अगाडि बढाएका छन ।
विटार पार्कको थप फोटो हेर्नुहोस् ।
