रामेछापमा राष्ट्रिय परिचयपत्र वितरणका लागि साउनदेखी विवरण सङ्कलन

  • प्रकाशित मिति: सोमबार, असार २९ २०७७
  • तामाकोशी

रामेछाप । असार २९ गते,
सरकारले बितरण गर्न लागेको राष्ट्रिय परिचय पत्रको काम रामेछाप जिल्लामा पनि २०७७ साउन १ गते बाट सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सर्बपक्षिय बैठकमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलनको काम साउन १ गतेदेखि जिल्ला प्रशासन कार्यालयबाट गरिने बताइन् । सरकारले २०७५ सालमा पाँचथर जिल्ला बाट सुरु गरेको यो कार्यक्रम आर्थिक बर्ष २०७७ ÷७८ देखि भने रामेछापमा पनि सुरुवात हुने भएको हो ।
नागरिकहरुको बैयक्तिक तथा जैबिक बिबरण भएको राष्ट्रिय पहिचान सहितको सुबिधा युक्त बहुउपयोगि प्रमाणपत्रका रुपमा लिइएको यस परिचयपत्र भएपछि अन्य सरकारी परिचय पत्रहरु साथमा राख्नुपर्र्नेे झन्झट बाट मुक्त हुने बताइएको छ । परिचय पत्रका लागि बिबरण भर्न सम्बन्धीत ब्यक्ति स्वयम आफ्नो सक्कलै नागरिकता र संम्भव भएसम्म बुवा आमाको पनि सक्कलै नागरिकता लिएर आउनुपर्ने पनि प्रजिअ शर्माले बताइन् । साउन महिना देखि विवरण सङ्कलन गरिने भएपनि बितरण भने फागुन देखि मात्र गरिने पनि उनले बताइन् ।