रामेछापमा ८६ प्रतिशत निजि घर पुनःनिर्माण हुदा ११ अर्ब ४ करोड ३६ लाख रुपैयाँ खर्च

  • प्रकाशित मिति: आइतबार, असार २१ २०७७
  • तामाकोशी

रामेछाप । असार २१ गते,
रामेछाप जिल्लामा हालसम्म निजिआवस पुनः निमार्णको लागि करिव ११ अर्ब ४ करोड ३६ लाख रुपैयाँ खर्च भएको । भूकम्पले क्षेती गरेका ८६ प्रतिशत निजि आवस पुनःनिर्माण सम्पन्न गर्दा उक्त रकम खर्च भएको पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यक्रम कार्यान्वयन इकाई आवासले जनाएको छ । जिल्लामा ४९ हजार ९ सय ४२ लाभग्रही रहेकोमा ९९ प्रतिशतले प्रथम, ८३.८२ प्रतिशतले दोस्रो र ८६ प्रतिशतले तेस्रो किस्ताको रकम लिएको पुनःनिर्माण प्राधिकरण रामेछाप प्रमुख गणेश अर्यालले जनाकारी दिए । आइतबार ट्रान्सपरेन्सि इन्टरनेशनल नेपाल रामेछापले आयोजन गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो जानकारी गराएका हुन् । कार्यक्रममा जिल्लामा नागरिकले चाहेको समयमा सरकारी निकायबाट सुचना नसकेको ट्रान्सपरेन्सि इन्टरनेशनल नेपाल रामेछापले जानकारी गराएको थियो । विकास निमार्ण तथा आयोजनामा सुशासनका न्युनतमा मापदण्ड पनि पुरा नभएको ट्रान्सपरेन्सि इन्टरनेशनलको प्रतिवेदनमा उल्लेख छ । विश्वभर फैलिएको कोभिड १९ को बेलाको खर्चको पारदशिर्ता नभएको समेत उसले जनाएको छ ।