कोरोनाले ज्यान गुमाएकाको १२ घण्टापछि अ न्त्यष्टि,प्रहरि र स्थानीय बीच हा नाहान

  • प्रकाशित मिति: आइतबार, असार २१ २०७७
  • तामाकोशी

गोरखामा कोरोनाबाट मरेकाको श,व १२ घण्टापछि अ,न्त्येष्टि भएको छ । स्थानीयबासीको दिनभरको अव,रोधपछि नेपाली सेनाको विशेष टोलीले सहिद लखन गाउँपालिका १ लुदीखोलाघाटमा अन्त्ये,ष्टि गरेको हो । कोरोना फैलने भन्दै स्थानीय समुदायले अ,वरोध गर्ने क्रममा पटकपटक झ,डप भएको थियो । स्थानीयबासीले अ,न्त्यष्टी गर्ने घाटसम्म जाने बाटोमा ह्युमपाइप तेस्र्याएर अवरोध गरेका थिए । सडक सुचारु गर्न खोज्ने प्रह,रीमाथि स्थानीयबासीले ढुङ्गा,मुढा गरेका थिए भने भीड नियन्त्रण गर्न प्र,हरीले लाठी चार्ज र सात सेल अश्रु,ग्यास प्रहा,र गरेको थियो ।

झड,पमा चारजना प्रह,री र केही आसपासका बासिन्दा घाइ,ते भएका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिए । केही युवालाई नियन्त्रणमा लिएर छाडिएको उनले बताए । भीड तितरबितर भएपछि साँझ छ बजे नेपाली सेनाको विशेष टोलीले मृ,तकको दाहसंस्कार गरेको रणसिंह दल गणका गणपति उज्वल केशीले जानकारी दिए ।



गत मंगलबार कतारबाट घर फर्केका पालुङ्टार नगरपालिका ७ पुर्नेपिपलका ४४ वर्षीया पुरुषको शनिबार बिहान पाँच बजे गोरखा अस्पतालमा उपचारको क्रममा मृ,त्यु भएको थियो । उनी मधुमेहका दीर्घरोगी पनि रहेको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । अन्नपूर्णपोष्टबाट साभार,