रामेछापमा ४२९ पीसीआर परीक्षण , १३ जना कोरोना मुक्त

  • प्रकाशित मिति: बुधबार, असार १७ २०७७
  • तामाकोशी

रामेछाप । असार १७ गते,
रामेछाप जिल्लामा कोरोना पुष्टि भएका १३ जना कोरोना मुक्त भएका छन् । जिल्लामा ४ सय २९ जनाको पीसीआर परीक्षण गरिएकोमा भारत लगाएत विभिन्न ठाउँबाट आएका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस मध्ये कोरोना पुष्टि भएका १३ जना कोरोना मुक्त भएपछि घर गैसकेका छन् भने ७ जनाको जिल्ला अस्पताल र ३ जनाको लिखुतामाकोशी गाउँपालिकाको आइसोलेशनमा उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापका निमिक्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । कर्णका अनुसार जिल्लामा ४ सय ६ जनाको पीसीआर रिपोर्ट र ७ सय ६७ जनाको आरडीटी रिपोर्ट नेगेटिभ आएको ।
उनले अहिलेसम्म मन्थली नगरपालिमा ७२ , रामेछाप नगरपालिमा ५८ ,खाँडादेवी गाउँपालिमा ३३ , गोकुलगंगा गाउँपालिमा १ सय ८ , दोरम्बा गाउँपालिमा १२ , लिखुतामाकोशी गाउँपालिमा ८५, उमाकुण्ड गाउँपालिकामा ३२ , सुनापति गाउँपालिमा ७ र जिल्ला अस्पतालमा २२ जनाको पीसीआर परीक्षण गरिएको बताए । यस्तै जिल्लाको विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा अहिले १ सय ६ जना बसेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट आएका महिला ८ र पुरुष ९८ जनालाई क्वारेन्टिनमा राखिएको हो । उमाकुण्ड गाउँपाकिलामा १० , मन्थली नगरपालिकामा २२ , रामेछाप नगरपालिकामा २२ , गोकुलगंगा गाउँपालिकामा ५ , दोरम्बा गाउँपालिकामा २ , खाँडादेवी गाउँपालिकामा १२ , सुनापति गाउँपालिकामा ३ र लिखुतामाकोशी गाउँपालिकामा ३० जना गरी १ सय ६ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णले जानकारी दिए । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७५ शैयाको आइसोलेशन कक्ष र ५ सय ९ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

रामेछापको पछिल्लो कोरोना अपडेट हेर्नुहोस् ।