काठमाडौँ । भारत हुँदै नेपाल प्रवेश गरेको सलह किरा नियन्त्रणका लागि योजना बनाउन विज्ञ समूहको बैठक बसेको छ ।
बैठक कृषि मन्त्री घनश्याम भुसालको अध्यक्षतामा बसेको छ । शनिवार नेपाल प्रवेश गरेको सलह किरा आइतबार बिहानसम्म देशका विभिन्न जिल्लामा प्रवेश गरिसेको छ । तराइका जिल्लाहरूबाट भित्रिएको सलहको भुण्ड समूह पाल्पा, मकवानपुर, सिन्धुली लगायतका पहाडी जिल्लाहरूमा पनि देखिएको छ । यसअघि कृषि मन्त्रालयको प्राविधिक समितिले नेपालमा सलहको जोखिम नरहेको बताएको थियो तर सलह नेपाल प्रवेश गरिसकेको छ ।
नेपालमा मनसुनका कारण हावाको वेगमा आएको परिवर्तनले सलहको जोखिम नदेखिने भनेपनि सलहको झुण्ड नै नेपाल प्रवेश गरेको छ ।
सलह नियन्त्रणको योजना बनाउदै विज्ञ समूह
- प्रकाशित मिति: आइतबार, असार १४ २०७७
- तामाकोशी