काठमाडौं :नेपालि लोक तथा दोहोरिगीतको क्षेत्रमा इतिहास रच्न सफल शब्द लेखनमा अनवरत फड्को मार्न सफल सर्जक तथा राष्ट्रिय लोकतथा दोहोरिगीत प्रतिष्ठान नेपाल जापान शाखाका प्रवक्ता केशव पौडेल को नया कोसेली पैसा र बैश डिजिटल बजारमा चर्चा बटुली रहेको छ। बिगत केहि वर्ष देखि निकै चर्चित गीत सगै सांगीतिक यात्रामा निरन्तर आफ्नो कलम चलायमान गर्दै आफुलाई चिनाउन सफल एक मात्र सर्जक केशव पौडेल हाल जापान को टोक्यो मा नौ वर्ष देखि कार्यरत छन् ।
उनका शब्दमा प्राय माया प्रेम संग सम्बन्धित हुने गर्छन । युवा समूह उनका लागि उनका शब्द पहिलो रोजाइमा पर्ने गरेका छन्। केशव पौडेल भन्ने बित्तिकै हामी उइखोलिमा पानि ,गुन्द्रुक मिठो सागको, घिन्ताङ्ग मादल र पछिल्लो समयमा पुतली लगाएतका निकै चर्चित दोहोरीगीत सबैले सम्झने गर्छन। पछिल्लो समय मा आफ्नो लेखन विधा लाइ चलायमान गर्दै जाने क्रममा राष्ट्रिता झल्किने गीत हरुमा पनि उहाकै शब्द रहने गरेका छन्। सांगीतिक बजार मा चुलिएको प्रतिसपर्धा लाइ चिर्न आफ्नो सिमित क्षेत्रलाइ फराकिलो बनाउने क्रममा पुन नया आयाम थप्ने काम भएको छ।
त्यो नयाआयाम भनेको हाल डिजिटल बजारमा आएको आधुनिक गीत पैसा र बैश लाइ लिन सकिन्छ। यस गीतले पनि बिगत मा जस्तै चर्चा बतुलोसा हाम्रो सुबेछ्या एवम शुभकामना रहेको छ।
यस गीतमा हेमन्त शिशिर को संगीत एवम आवाज सगै सुशिला थापा र सबिन श्रेष्ठ को अभिनय रहेको छ। समग्रमा गीतका सबै पक्ष राम्रो रहेको छ। हेर्नुहोस भिडियो :