चट्याङमा परी ज्यान गुमाएकी श्रेष्ठको परिवारले राहत पाए

  • प्रकाशित मिति: बुधबार, असार १० २०७७
  • तामाकोशी

रामेछाप । असार १० गते,
रामेछापको दोरम्बा गाउँपालिका–१ डडुवामा चट्याङमा परी ज्यान गुमाएकी सितामाया श्रेष्ठको परिवारलाई जिल्ला विपत् व्यवस्थापन समिति रामेछापले मंगलबार राहत प्रदान गरेको छ । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का सहित मृतकको घरमा नै पुगेर प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले राहत रकम प्रदान गरेकी हुन् । पीडित परिवारलाई प्रमुख जिल्ला अधिकारीले जिल्ला विपत् व्यवस्थापन समितिको तर्फबाट नगद एक लाख रुपैँया हस्तान्तरण गरिन् । त्यस्तै जिल्ला समन्वय समिति प्रमुखले त्रीपाल लगायतका राहत सामाग्री हस्तान्तरण गरेका थिए । मृतकका ससुरा ८४ वर्षिय कुलबहादुर श्रेष्ठले राहत रकम बुझेका छन् । डडुवाका फौदबहादुर श्रेष्ठकी पत्नी ५४ वर्षिय सिताको २०७७ बैशाख २४ गते माइती गएको बेला चट्याङमा परि दोलखाको मेलुङ्मा ज्यान गएको थियो । मृतक सिताका सासू, ससुरा, पति, दुई छोरा, बुहारी, दुई छोरी र नाति नातिना छन् । दोलखाको मेलुङ् स्थित माइती गएको बेला चट्याङमा परी उनको निधन भएको थियो ।

चट्याङमा परी ज्यान गुमाएकी श्रेष्ठको परिवारले राहत वितरण गर्दै जिसस प्रमुख खड्का र प्रजिअ शर्मा