रामेछाप । असार १० गते,
कोरोना भाइरसको त्रासका कारण अहिले अत्यावश्यक वस्तुको अभाव र मूल्य वृद्धिले सर्वसाधारण मर्कामा छन्। दैनिक कमाइ गरेर घर चलाउनुपर्नेलाई यो समय कठिन छ। कति त आम्दानी सुकेर घरभाडा तिर्न नसक्ने अवस्थामा पुगेका छन् । यस्तो बेला घरभेटी र डेरावालको सम्बन्ध राम्रो नभए बस्नै मुश्किल पर्ने अवस्था छ । यो संकटको घडीमा मन्थलीका पूर्ण बहादुर तामाङ कान्छाराम धेरै घरभेटीका निम्ति उदाहरण बनेका छन्। नेपाली काँग्रेस रामेछापका नेता एवं समाजसेवी पूर्ण बहादुर तामाङ कान्छारामले आफ्नो घरमा बसेका तथा व्यवसाय गरिरहेकालाई घरभाडामा छुट दिएका छन् । उनले कोरोना भाइरस कोभिड १९ बाट बच्नका लागि सरकारले लागु गरेको लामो बन्दा बन्दिका कारण समस्यामा परेका आफ्नो घरमा व्यवसाय गरेर बसेका र डेरा गरी बस्नेहरुलाई एक एक महिनाको भाडा मिनाहा गरेर ठुलो राहतको काम गरेका हुन् । उनले रामेछाप सदरमुकाम मन्थलीको दोबकोटाचोकमा तरकारी तथा फफूल व्यवसाय संचालन गरिरहेका व्यवसायी र देबकोटा चोकमुनी रहेको आफ्नो घरमा भाडामा बस्नेहरुलाई एक एक महिनाको भाडा मिनाहा गरिदिएका हुन् । नेपाली काँग्रेसका नेता एवं समाजसेवी तामाङले घरभाडामा छुट गरिदिएपछि घरभाडामा बस्नेहरुलाई ठुलो राहतको महसुश भएको छ । र उनीहरु निकै खुसी पनि छन् । दोबकोटाचोकमा झण्डै डेढ वर्षदेखी तरकारी तथा फलफूल पसल संचालन गरिरहेका खिम्तीका कमल खत्री घरभेटीले भाडामा छुट गरिदिएपछि निकै खुसि भएका छन् । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि जारी लकडाउनका कारण व्यवसाय बन्द हुदा कसरी भाडा बुझाउने भन्ने चिन्ताले सताइरहेको बेलामा एक महिनाको भाडा छुट हुदा पनि आफुहरुलाई ठुलो राहत भएको उनको भनाई छ । पसल व्यवसाय पुर्ण रुपमा बन्द भएको समयमा आदी मात्रै भाडा लिइदिएको भए अझै राम्रो हुन्थ्यो , भने जस्तो नभएपनि एक महिनाको १६ हजार छुट भयो खत्री भन्छन् । खत्रीले आफ्नो व्यवसाय गरे बापत मासिक १६ हजार रुपैयाँ घरभेटीलाई बुझाउँदै आएका छन् । उनी मात्रै हैनै उनले जस्तै अरु तीनवटा सटरमा तरकारी तथा फलफूल व्यवसाय संचालन गरिरहेका व्यवसायीहरुले घरभाडा छुट पाएकोमा खुसी छन् । चारवटा सटरमा एकै खालका व्यवसाय संचालन गरिरहेका व्यवसायीहरु घरभेटीले घरभाडामा छुट गरिदिएपछि निकै खुसी भएका छन् ।
लामो समयको बन्दा बन्दिका कारण समस्यामा परेर घरभाडा कसरी तिर्ने भन्ने समस्या सताइरहेको अवस्थामा एक महिनाको १६ हजार रुपैयाँ भाडा छुट हुदा पनि आफुहरुलाई ठुलो राहात पुगेको अर्का व्यवसायी विकास श्रेष्ठ बताउँछन् । उनले मन्थली बजारमा कसैले पनि अहिलेसम्म घरभाडामा छुट नदिएको अवस्थामा आफुहरुले एक महिनको मात्रै भएपनि भाडा छुट पाउँदा ठुलो सहयोग भएको बताए । नेपाली काँग्रेस रामेछापका नेता एवं समाजसेवी पूर्ण बहादुर तामाङ कान्छारामले लामो समय लकडाउन हँुदा आफ्नो घरमा व्यवसायी गर्ने र घर भाडामा बस्नेहरुलाई समस्या भएकाले एक महिनाको भाडा छुट गरिदिएको बताए । उनले देवकोटा चोकमा तरकारी तथा फलफूल व्यवसाय संचालन गरिरहेका चारवटा सटरको प्रति सटर १६ हजारका दरले ५४ हजार र देबकोटा चोक मुनी रहेको घरमा बस्नेहरुलाई एक महिनाको २० हजार रुपौयाँ छुट गरिदिएको बताए । यसअघि पनि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको समयमा रामेछापका विरामीलाई काठमाडौंसम्म निःशुल्क लैजाने व्यवस्था मिलएका समाजसेवी तामाङले त्यही एम्बुलेन्समा बच्चा जन्मिएपछि पढ्ने खर्च, स्वास्थ्य उपचार खर्च र विवाह खर्च समेत आफूले व्यहोर्ने घोषणा गरेका थिए । अहिले कोरोना भाइरसबाट बच्नका लागि सरकारले लागु गरेको लकडाउनका कारण मन्थली बजारमा विभिन्न पेशा व्यवसाय गरेर बस्नेहरु ठुलो मर्कामा परेका छन् । लामो समय आफ्नो व्यवसाय बन्द हुदा बन्द भएको समयको भाडा घरभेटीलाई कसरी बुझाउने भन्ने चिन्तामा छन् । उनीहरु सबैको आफ्नो पसल व्यवसाय बन्द भएको अवधीको भाडामा धेरै थोरै छुट घरभेटीले दिन्छन् भन्ने आसा अझै मरेको छैन । समाजसेवी कान्छारामले त एक महिनाको भएपनि घरभाडामा छुट दिएर थोरै भएपनि आफ्नो घरमा बस्ने तथा व्यवसाय संचालन गर्नेको आसा जगाएका छन् । तर विडम्बना बजारका अन्य धेरै मनकारी घरबेटीहरुले छुट दिएको कुरा बाहिर आएको छैन । सबै घरबेटीहरु कान्छाराम जस्ता बन्न नसक्लान तर पनि लामो बन्दा बन्दिका कारण भाडानै तिर्न नसक्ने अवस्थामा पुगेकाहरुका लागि धेर थोर छुट दिएर सहयोगी भने पक्कै बन्न सक्छन् ।
पूर्ण बहादुर तामाङ कान्छारामको घरमा संचालित तरकारी तथा फुफूल पसल, जसले पाए एक मनिाको भाडामा छुट
