काठमाडौं। कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका कोरोना सं क्रमितको भएको छ। दैलेखको दुल्लु नगरपालिका(३ का ४५ वर्षीय पुरूषको सोमबार राति साढे ९ बजे मृ त्यु भएको अस्पतालले जनाएको छ। क्षयरोगसगका बिरामी उनी असार ३ गते प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । कोरोना परीक्षण गर्दा ४ गते उनमा सक्र मण पुष्टि भएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए। ‘असार ३ गते यहाँ भर्ना हुनुभएको थियो, ४ गते टेष्ट गर्दा पोजेटिभ देखिएको हो,’ पौडेलले भने, ‘पोजे टिभ देखिएपछि कोरोना विशेष अस्पतालमा सि फ्ट गरेका थियौं, सोमबार भएको हो।
डाक्टर पौडेलका अनुसार उनको सुर्खेतमै अ न्त्येष्टि गर्ने तयारी भएको छ। नेपाली सेनाको टोली अन्त्ये ष्टिका लागि तयारी अवस्थामा रहेको उनले बताए। मृ तकका श्रीमती उनीसँगै अस्पताल आएकी थिइन्। श्रीमतीलाई भने कोरोना नेगेटिभ देखिएको डाक्टर पौडेलले बताए। ‘हामीले तीन पटक पिसीआर गरिसक्यौं, उहाँमा नेगेटिभ छ,’ उनले भने। श्रीमानको दाहसं सस्कारपछि श्रीमतीलाई घर पठाएर उतै क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइने उनले बताए। योसँगै नेपालमा कोरोनाभाइरसको सं सक्रमणबाट मृ त्यु हुनेको संख्या २४ पुगेको छ।