क्वारेन्टिनबाट घर गएका एक पुरुषको मृत्यु

  • प्रकाशित मिति: मंगलबार, असार ९ २०७७
  • तामाकोशी

कैलाली । असार ९ गते,
कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा क्वारेन्टिनबाट घर पठाइएका एक पुरुषको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिकाको वडा नम्वर २ को क्वारेन्टिनबाट घर पठाइएको वडा नम्वर ७ का ३६ वर्षका पुरुषको सोमबार साँझ मृत्यु भएको हो । उनलाई आइतबार घर पठाइएको थियो । मृतकको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिने बताइएको छ ।