काठमाण्डौ । असार ९ गते,
सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । सोमबार अहिलेसम्मै महंगो भएको सुनको भाउ मंगलबार घटेको हो । सुन मंगलबार तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको भाउ तोलामा ९१ हजार रुपैयाँ पुगेको थियो । यो अहिलेसम्मै महंगो हो । अस्ति आइतबार पनि सुन तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो । मंगलबार चाँदी तोलाको १० रुपैयाँ घटेर ९ सय ४० रुपैयाँ कायम भएको छ । चाँदी हिजो तोलाको ९ सय ५० रुपयाँ थियो । महासंघका अनुसार कोरोना सङ्क्रमणको जोखिमपछि लकडाउन र भाउ बढेका कारण सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै छ । आम्दानी घटेकाले पनि सुन किन्नेभन्दा बेच्न खोज्नेहरु बढेका व्यवसायीको भनाई छ ।
सुनको भाउ ४ सय रुपैयाँले घट्यो
- प्रकाशित मिति: मंगलबार, असार ९ २०७७
- तामाकोशी