रामेछाप । असार ८ गते,
रामेछाप उद्योग बाणिज्य संघले आफ्ना सदस्यहरुलाई कोरोना राहत स्वरुप नविकरणमा २० प्रतिशत र नविकरण शुल्कमा लाग्ने बिलम्ब शुःल्कमा सतप्रतिशत छुट दिने निर्णय गरेको छ । शनिबार बसेका संघको बैठले बन्दा बन्दिका कारण समस्यामा परेका आफ्ना सदस्यहरुलाई छुट दिने निर्णय गरिएको रामेछाप उद्योग बाणिज्य संघका सचिव सुरेश उदाशले जानकारी दिए । कोरोना भाइरस कोभिड १९को संक्रमणबाट बच्च सरकारले लामो समय देखि गरेको बन्दा बन्दिका कारण मर्कामा परेका आफ्ना सदस्यहरुलाई केहि सहयोग पुग्ने हेतुले सदस्यता नविकरण र नविकरण शुःल्कमा लाग्ने विलम्ब शुःल्क छुट गरिएको संघका महासचिव नबराज ढुंगेलले जानकारी दिए ।
संघका सदस्यहरुले चैत्र महिनाको मसान्त सम्ममा नविकरण गर्नुपर्ने भएपनि बन्दा बन्दिका कारण समस्यामा परेकाले संघले नविकरणको समय असार मसान्त सम्म लम्ब्याएको र सोही अनुसार संघले असार मसान्त सम्ममा नविकरण गर्ने सदस्यहरुलाई छुट दिने निर्णय गरिएको महासचिव ढुंगेलको भनाई छ । संघको भवनमा बस्ने व्यवसायिहरुलाई घरभाडामा २० प्रतिशत छुट दिने निर्णय गरिएको र भाडामा बसेर व्यवसाय गर्ने व्यवसायिलाई घरधनीले पनि छुट दिन सक्ने गरी उद्योग वाणिज्य संघले स्थानीय सरकारहरुलाई व्यवसाय कर, घर बहाल कर र सम्पत्ती कर छुट दिनको लागी आग्रह गर्ने निर्णय समेत बैठकले गरेको उनको भनाई छ ।
