रामेछाप । असार ५ गते, कैलाश खत्री,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १२ गेलुमा टोल वस्ति, विद्यालय ,मठमन्दिर र सार्वजनिक सडक, पैदल मार्गमा सरसफाई गरिएको छ । स्थानीय युवाहरुले विहिबार संयुक्त युवा अभियान अन्र्तगत यस्तो काम गरेका हुन । संयुक्त युवा अभियान गेलुका संयोजक राजेश खत्रीको अगुवाईमा सरसफाईको काम गरिएको हो ।उनिहरुले सार्वजनिक क्षेत्रमा रहेको फोहोरलाई व्यवस्थापन गरेका छन् । स्थानीय युवाहरुले गेलुमा रहेको मध्येगेलु सडक खण्ड ,पशुपति नाथको मन्दिर परिषर , प्राचिन जलिनी पधेँरो र पशुपति आधराभूत विद्दालय परिषरमा सरसफाई गरेका थिए । यूवाहरुले आगामी दिनमा सामाजिक सुधारको लागी थप अभियान सञ्चालन गर्ने जनाएका छन् । सरसफाई अभियानमा सहभागिहुदै मन्थली नगरपालिका वडा नं १२ का अध्यक्ष कृष्णहरि अधिकारिले युवाहरुले सञ्चालन गर्ने अभियानमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गेलुका युवाले यसरी गरेका थिए विद्यालय ,मठमन्दिर ,सडक र पैदल मार्गको सफाई
फोटो हेर्नहोस् ।
