दोलखा । असार २ गते,
दोलखाको लामाबगर आसपास केन्द्रविन्दु भई परकम्प गएको छ । मंगलबार बिहान ९ः५३ बजे ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले दोलखामा गएको भूकम्प गोरखा भूकम्पकै परकम्प भएको बताए । उनका अनुसार विसं २०७२ को गोरखा भूकम्प (७.६ रिक्टर स्केलं) पछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५४० परकम्प गएका छन् ।
दोलखाको लामाबगर केन्द्रविन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प
- प्रकाशित मिति: मंगलबार, असार २ २०७७
- तामाकोशी