काठमाडौं, ३२ जेठ । लिम्पियाधुरा, कालापानीलगायतका क्षेत्र निशान छापमा राखिएको नक्शा नेपालको तल्लो सदन प्रतिनिधि सभाले सर्वसम्मत पारित गर्नुअघि भारतीय सेनापति मनोज मुकुन्द नरवणेको बयानको ‘चर्चा’ भएको छ । नेपालले ति क्षेत्रलाई आफ्नो भूमी भएको बताएका बेला एक महिनाअघि उनै नरवणेले चीनको इशाराको काम भएको संकेत गरेका थिए । तर, त्यो बयानलाई उल्टाउँदै उनले देहरादूनमा पुगेका बेला शनिबार भने,‘भारत नेपालको सम्बन्ध सँधै बलियो थियो र यो बलियो नै रहनेछ ।’
उनको यो बयान आएको केही घन्टामा नै नेपालमा सर्वसम्मत रुपमा निशान छापमा राखिएको नक्शा सर्वसम्मत पारित भयो । नरवणेले भनेका थिए,‘नेपालसँग हाम्रो सधैँ बलियो सम्बन्ध छ । हामीबीच भौगोलिक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक सम्बन्ध छ ।’नेपाल र भारतका मानिसबीच पनि बलियो सम्बन्ध रहेको बताएका उनले भविष्यमा पनि यो सम्बन्ध कायम रहने उल्लेख गरेका छन् ।
झन्डै एक महिना अगाडि कालापानी सीमा वि/वादलाई लिएर सेनापति नरवणेले सार्वजनिक रूपमै नेपालले ‘यो विषय अरूकै इशारामा उचालेको हुनसक्ने’ टिप्पणी गरेका थिए ।