पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको सडक दु,र्घट,नामा परी मृ,त्यु भएको छ । आइतबार गाउँपालिकाबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन गएका उनको बर्द,घाटमा भएको दुर्घ,टनामा मृ,त्यु भएको हो ।दु,र्घटना भएको गाउँपालिकाको गाडी उनी आफैंले चलाएका थिए ।
अगाडीबाट साइकलमा आउँदै गरेका यात्रुलाई जोगाउन खोज्दा गाडी कल्भर्टमा ठोकिएर दु,र्घट,ना भई उनी च्याप्पिएका थिए । उनको उपचारको क्रममा चिसापानी अस्पताल बर्दघाटमा मृ,त्यु भएको हो । ५१ वर्षीय शर्मा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । अन्नपूर्ण पोस्टमा लेखिएको छ ।