रामेछापमा ९५ जना क्वारेन्टिनमा, एकैदिन २४ जना घर फर्किए

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ३१ २०७७
  • तामाकोशी

रामेछाप । जेठ ३१ गते,
रामेछाप जिल्लामा क्वारेन्टिनमा बस्नेको संख्या घटेको छ । भारत लगायतका ठाउँबाट आएर जिल्लाको विभिन्न स्थानमा क्वारेन्टिनमा बस्नेहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएसंगै क्वारेन्टिनमा बस्नेको संख्खया घटेको हो । शुक्रबार जिल्लाभर १ सय १८ जना वारेन्टिनमा रहेकोमा शनिबार यो संख्या घटेर ९५ जनामा झरेको छ । क्वारेन्टनमा बसेका २४ जनालाई कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । कर्णका अनुसार अहिले उमाकुण्ड गाउँपाकिलामा १ , मन्थली नगरपालिकामा ३४ , रामेछाप नगरपालिकामा १४ ,गोकुलगंगा गाउँपालिकामा २५ , दोरम्बा गाउँपालिकामा ३ , उमाकुण्ड गाउँपालिकामा १ र लिखुतामाकोशी गाउँपालिकामा १८ जना गरी ९५ जना क्वारेन्टिनमा छन् ।
उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका गोकुलगंगा गाउँपालिकाका ११ र लिखुतामाकोशी गाउँपालिकाका ५ जना गरी १६ जनालाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७४ शैयाको आइसोलेशन कक्ष र ४ सय २१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

रामेछाप जिल्लाको पछिल्लो कोरोना भाइरस कोभिड १९ अपडेट हेर्नुहोस्