रामेछाप । जेठ ३० गते,
रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा अहिले १ सय १८ जना बसेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट आएका महिला ६ र पुरुष १ सय १२ जनालाई क्वारेन्टिनमा राखिएको हो । हालसम्म उमाकुण्ड गाउँपाकिलामा २५ , मन्थली नगरपालिकामा ३३ , रामेछाप नगरपालिकामा १४ , गोकुलगंगा गाउँपालिकामा २५ , दोरम्बा गाउँपालिकामा ३ र लिखुतामाकोशी गाउँपालिकामा १८ जना गरी १ सय १८ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए ।
उनका अनुसार कोरोन संक्रमण पुष्टि भएका गोकुलगंगा गाउँपालिकाका ११ र लिखुतामाकोशी गाउँपालिकाका ५ जना गरी १६ जनालाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ । स्वास्थ्यमा समस्या आएका लिखुतामाकोशी गाउँपालिका वडा नं ७ का २६ वर्षका एक पुरुषलाई थप उपचारका लागि बिहिबार पाटन अस्पताल पठाइएको छ । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७४ शैयाको आइसोलेशन कक्ष र ४ सय २१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।
रामेछाप जिल्लाको पछिल्लो कोरोना भाइरस कोभिड १९ अपडेट हेर्नुहोस्
