काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाउँदै आजबाट पसल व्यवसाय खोल्न छुट दिँदै निजी सवारीलाई पनि संचालनको अनुमती दिएको छ । मंगलबारको मन्त्रिपरिषद बैठकले मोडालिटी बनाएर लकडाउन खुकुलो बनाउने निर्णय गर्दै आजबाट देशभरका पसलहरु तथा निजी सवारीहरुलाई संचालनको अनुमती दिएको हो । नयाँ मोडालिटी अनुसार कोरोना भाइरसको रोकथामका लागि निश्चित नियम पालना गरी सवारी सञ्चालन गर्न अनुमति दिने मोडालिटिबारे निर्णय भएको स्रोतले जनाएको छ । जुन नियम बुधबारदेखि नै लागु हुने सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
लकडाउनलाई सहजीकरण बनाउन भन्दै सरकारले यस्तो निर्णय गरेको हो । यस्तै, सवारी साधनपनि जोर र विजोर प्रणालीमा चलाउन दिने भएको छ । उनका अनुसार सार्वजनिक यातायात भने केही हप्तापछि सञ्चालनको अनुमति दिने तय भएको छ । यसका लागि पनि निश्चित मापदण्ड तोकिएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले बताए ।