रामेछाप । जेठ २८ गते,
संघीय सरकारबाट रामेछाप जिल्लाको पूर्वाधार निर्माण कृषि, खानेपानी, स्वास्थ्य सिचाइँ स्वास्थ्य लगायतको क्षेत्रमा रामेछापले आर्थिक वर्ष २०७७÷०७८ का लागि ३ अर्ब ५ करोडको बजेट प्राप्त भएको छ । संघिय सांसद श्याम कुमार श्रेष्ठले हाल विनियोजन बजेट सयममा नै सम्पन्न गर्न सकेको खण्डमा थप बजेटको व्यवस्था गर्न सकिने बताए । उनले रामेछाप जिल्लामा पछिल्लो केहीबर्षयता विकास निर्माणको कामले गति लिएको पनि बताए ।
शहरी विकास मन्त्रालयबाट रामेछाप नगरपालिकामा निर्माण हुने पुष्पलाल पार्कको लागि ४ करोड, जग्गा मुअब्जाको लागि ६ करोड, संघन शहरी तथा भवन निर्माण आयोजनाको लागि ४० लाख, मन्थली नगरपालिकाको नाला तथा शहरी सडक स्तरउन्नती कार्यको लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ । त्यसैगरी जनता आवास कार्यक्रम रामेछाप १२ लाख बजेट विनियोजन भएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत चौरीखोला पुलको मर्मतका लागि ७ लाख, लिखु खोलाको शिरिसे पुलको लागि ४९ लाख, बाम्ती खोला पुलको लागि ४७ लाख, निगलावास, पाल्ले तीनधारे पुल ४७ लाख पचास हजार, चौरीखोला पुल दोलालघाट गुरासे सडक अन्तर्गतको चौरीखोला पुल ४७ लाख पचास हजार रहेको छ ।
सांसद श्रेष्ठका अनुसार उमातिर्थ कासीघार, ल्हच्छयोर काउ बौद्ध गुम्बा सडक ४० लाख, मन्थली–भुतेखोला–कठजोर धोवी बासे प्रिती गुम्देल सडक ४० लाख, मन्थली नाटिला, फुलासी दोरम्बा टोकुरपुर सडक ४० लाख, मन्थली सालु साँघुटार ४० लाख, खैरेनीघाट, राकाथुम गाल्वा दोरम्बा हुँदै सैलुङ सडक कालोपत्रे ४० लाख, सेलेघाट रामेछाप बजार सालु देउराली साघुँटार २ अर्ब ४ करोड (बहुबर्षिय) यही बर्ष कालोपत्रको लागि ठेक्का बजेट सुनिश्चित गरिएको छ । सेलेघाट साँघुटार सडक ४९ किलोमिटर रहेको छ ।
त्यसैगरीखहरे, धाउले, पेकरनास सडक १ करोड ५० लाख, मिल्ती खोला किर्णेटार विनियोजन भएको छ भने खिम्तीखोला मन्थली खुर्कोट सकडको स्तरउन्नती गर्नको लागि ५ करोड १० लाख विनियोजन भएको छ । खानेपनी मन्त्रालय अन्तर्गत रामेछाप वृहत्त पम्पिङ खानेपानी आयोजना १० करोड, पकरवास वृहत्त पम्पिङ खानेपानी आयोजना ५० लाख, राकाथुम खानेपानी आयोजना ५ करोड, मन्थली खानेपानी आयोजना ७ करोड ३० लाख, गेलु लिफ्ट खानेपानी आयोजना ४ करोड, तामाकोसी नागिला लिफ्ट खानेपानी आयोजना ३ करोड विनियोजन भएको छ । त्यसैगरी संघीय मामिला मन्त्रालय अन्तर्गत रामेछापमा गुम्देल क्यामा जोडने सडक, मन्थली ,राल्टार सालु सडक अन्तर्गत रणजोर खोला पुल ८० लाख, लिखुवेसी पसलटार झोलुङगे पुल ३५ लाख, कोथबे मझुवा बगर झुलुङगे पुल १ करोड, तामाकोसी झुलुङगे पुल २५ लाख, सुनकोसी देउराली भोटेबगर पुलको लागि १० लाख, अमबोटे बेनी तमाकोसी खाँडादेवी मन्थली झोलुङ पुल १० लाख, लखनटार जिजङटार झोलुङगे पुल २० लाख, फस्टुखोला दोभाना कोरेमटार झोलङगे पुल १५ लाख, घट्टा दोभान, एक्लेबगर झोलुङगे पुल २० लाख, चडनप्राङ ट्रस बिज्र पलाती ३५ लाख, कुर्ले बगर ठयाङगै्र पात्ले ट्रस्ट ब्रिज २० लाख, खिमखकै चिलाउने ट्रष्ट राउटे मुर्खाली चोक्टेखोला पुल ३० लाख विनियोजन भएको छ ।
गरिबी निवारणको लागि लद्यु उद्यम विकास कार्यक्रम अन्तर्गत २ करोड ५४ लाख विनियोजन भएको छ भने नेपालको ऐतिहास बोकेको ठोसको फलामखानीसँग पहुँच मार्ग निर्माणको लागि १ करोड रुपैयाँ विनियोजन भएको छ । रोजगार सेवा केन्द्र र श्रमिकको ज्याला कार्यक्रम अन्तर्गत जिल्लाको आठ वटा स्थानीय तहमा ५ करोड ४ लाख रहेको छ । स्वास्थ्यको लागि मन्थली नगरपालिकाको लागि ६ करोड २१ लाख, रामेछाप नगरपालिका ३ करोड ६९ लाख, उमाकुण्ड गाउँपालिकाको लागि ३ करोड, खाँडादेवी गाउँपालिकाको लागि ३ करोड ८५ लाख, गोकुलगंगा गाउँपालिकाको लागि ३ करोड ७ लाख, दोरम्बा गाउँपालिकाको लागि ३ करोड ९६ लाख, लिखु तामाकोसी गाउँपालिकाको लागि ३ करोड ५१ लाख, सुनापती गाउँपालिकाको लागि २ करोड ९२ लाख रहेको छ ।
कृषि विकास रणनीतिक कार्यक्रम सञ्चालनको लागि उमाकुण्ड गाउँपालिकामा ४५ लाख, खाँडादेवी गाउँपालिकामा ९८ लाख, गोकुलगंगा गाउँपालिकामा ८० लाख, दोरम्बा गाउँपालिकामा ५८ लाख, मन्थली नगपालिकाका ८३ लाख, रामेछाप नगरपालिका ७४ लाख, लिख तामाकोसी गाउँपालिकामा ४६ लाख र सुनापती ७६ लाख रुपैयाँ रहेको छ ।सुनकोसी तेस्रो र दोस्रो आयोजनाको लागि १९ करोड ९९ लाख, खिम्ती ठोसे सिवालय जलाशाययुक्त आयोजनाको सम्भाव्यता अध्ययन गर्नको लागि ३ करोड ७९ लाख, रामेछाप गर्जाङ खिम्ती १३२ प्रशारणलाइन आयोजना २० करोड, खुर्कोट राकाथुम ३३ केभी प्रसारणलाइन १ करोड विनियोजन भएको छ । सामुदायिक विद्युतीकरण कार्यक्रम १ करोड र नविकरणीय उर्जा कार्यक्रम जिल्लाको सात वटा स्थानीय तहको लागि ४६ करोड विनियोजन भएको छ । त्यसैगरी रामेछाप जिल्लामा सिंचाइँको कार्यक्रम अन्तर्गत कठजोर लिफ्ट सिचाई योजनाको लागि १ करोड, बेलघारी लिफ्ट सिचाई आयोजना १ करोड, आरुबोटे सिंचाई योजनाको लागि १४ लाख ५२ हजार, तिल्पुङ खोला जुरे मुहाना सिचाई आयोजनाको लागि १५ लाख, गागलभदौरे सिचाइँ उपआयोजना १५ लाख, माडीफाँट सिचाइँ उपआयोजना १५ लाख, डाँडाफेदी जलथले सिंचाई आयोजनाको लागि १ करोड, सिस्नेरी रजमन्टार उपआयोजना ६७ लाख रुपैयाँ विनियोजन भएको छ ।
रामेछापमा संघीय सरकारबाट प्राप्त ३ अर्ब ५ करोडको बजेट कहाँ कति (हेर्नुहोस्)
- प्रकाशित मिति: बुधबार, जेष्ठ २८ २०७७
- तामाकोशी