२७ जेठ, काठमाडौं । पछिल्लो समय नेपाली गीतसंगीतको दुनियामा छोटो समयमा एक क्षत्र लोकप्रिय भनेको कभर गित”यो दाजुको मिरमिरे आँखा”आज चेतन गोतामेको युटुब च्यानलबाट हटाईएको छ । बिमा कुमारी दुरा र प्रविन गुरुङले आवाज दिएको पुरानो गीतमा चेतन गोतामे र निरु श्रीसमगरले गाउनु भएको थियो । केहि समय आगाडी मात्रै कभर गीत भनेर सार्वजनिक गरेको गीत भने सामाजिक संजालमा जताततै भाई रल भएको थियो । सामाजिक संजाल देखि लिएर टिकटकमा समेत उत्तिकै भा ईरल भएको छ ।
चेतन गोतामेले सामाजिक संजालमा लेख्दै सो गित आफ्नो युटुब च्यानलबाट हटाईएको जानकारी दिइएको छ ।”चोट नखाएको मन नरसाएको आँखा र गल्ती नगरेको मान्छे कोनै होलार यो दुनियाँमा एक ठाउँ एक ठाउँ सिलाएर अर्को ठाउँ च्यातिने प्रवितिले थोरै केही फुलहरु सिएर माला बनाउने क्रममा कुनै महत्त्वपुर्ण फुलहरु समेट्न छुटाएछु यद्यपि सो कुरालाई मध्येनजर गर्दै आफुले गरेका गल्तिहरु पनि स्विकार्दै भरखरै नेपाली साँगितिक बजारमा भगवान रुपि दर्शक महानुभाबहरुको अत्यधिक मन पराईदिनु भएको गित यो दाजुको मिरमिरे आँखा”गित कभर रेकर्डिङ गर्ने क्रममा मौखिक रुपमा सहमति भएको तर कागजिय सहमति प्रक्रिया बाकी नै रहेको हुँदा लकडाउन अबधिको बिचमा आएका सबालहरुले सर्जक प्रती हुने अफ्ट्याराहरुलाई महसुस गर्दै Chetan Gotame Offisial Youtube Channel मार्फत साभार गरिएको सो गित youtube Channel बाट हटाउने निर्णय गरेको छु ।
यसबाट मेरा सुभचिन्तक आफन्तजन मलाई माया गर्न मेरा भगवान रुपि दर्शक महानुभवहरुमा पर्न गएको असर प्रती हृदय देखि नै क्षमा याचना गर्न चाहान्छु तर यात्रा यहि सकिएको भने अवस्य पनि होईन । बेला बेलामा मेरो बौद्धिक क्षमताले भ्याएसम्मका राम्रा नराम्रा सांगीतिक कोसेलीहरु प्रस्तुत गरिरहने छु ।
नोट :लकडाउन अबधिमा पनि मलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरि मलाई सहजीकरण गरिदिनुहुने सबै अग्रज दाजुहरु प्रती हार्दिक कृतज्ञता व्यक्त गर्दछु धन्यवाद । साथै यश गितका वास्तविक सर्जक धन बहादुर गायक ज्युलाई हार्दिक सम्मान व्यक्त गर्न चाहान्छु ।
