एम्बुलेन्स दुर्घ,टना, चार जना घाइते

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ २७ २०७७
  • तामाकोशी

अर्घाखाँची – अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिको खाँचीकोट बाट बिमारी बोकेर सन्धिखर्क आउदै गरेको एम्बुलेन्स दुर्घटना भएको छ ।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं। ७ खाँचीकोटको चन्द्र प्रभा मावी क्वारेन्टाइनका ५ जना कोराना संक्रमित बिमारी लाई लिएर सन्धिखर्कको हटारीनेटा आईसोलेशनमा जाने क्रममा भुतपुर्व सैनिकद्वारा सन्चालित लु १ ब ३५३५ नम्बरको एम्बुलेन्स फर्जेङ खोला नजिकै बजारमा दुर्घट्ना भएको हो । पाँच जना कोराना संक्रमितलाई फर्जेङ खोला बजारबाट उद्दार गरि सन्धिखर्कको हटारीनेटा आईसोलेशनमा लगिएको छ ।

दुर्घट्नामा ४ जना सामान्य घाइते १ जना महिलाको ढाडमा चोट लागेको प्रहरी प्रमुख माधव बुढाथोकीले जानाकारी दिनु भयो । दुर्घटनाको खवर पाउन साथ प्रहरी प्रमुख बुढाथोकी सहित टोलि घटनास्थल पुगेका थिए । बाटो चिफ्लो गाडीको ब्रेकफ्रेल भएकोले दुर्घटना भएको अनुमान लगाइएको हो ।