रामेछापमा १ सय ३५ जना क्वारेन्टिनमा, संक्रमित सबै आइसोलेशनमा

  • प्रकाशित मिति: सोमबार, जेष्ठ २६ २०७७
  • तामाकोशी

रामेछाप । जेठ २६ गते,
रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा अहिले १ सय ३५ जना बसेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट घर आएका मानिसहरुलाई क्वारेन्टिनमा राखिएको छ । सोमबारसम्म उमाकुण्ड गाउँपाकिलामा २१ , मन्थली नगरपालिकामा २४ , रामेछाप नगरपालिकामा १९ , गोकुलगंगा गाउँपालिकामा २५ , खाँडादेवी गाउँपालिकामा ३ , सुनापति गाउँपालिकामा २ , दोरम्बा गाउँपालिकामा ९ र लिखुतामाकोशी गाउँपालिकामा ३२ जना गरी १ सय ३५ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले बताए ।
कर्णका अनुसार शुक्रबार कोरोन संक्रमण पुष्टि भएका गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखुतामाकोशी गाउँपालिकाका ६ जना जनालाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७४ शैयाको आइसोलेशन कक्ष र ३ सय ६१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।