लकडाउनमा सिन्धुलीमा बजार अनुगमन , म्याद गुज्रेका अखाद्य बस्तु नष्ट

  • प्रकाशित मिति: सोमबार, जेष्ठ २६ २०७७
  • तामाकोशी

सिन्धुली । जेठ २६ गते, बलबीर भुजेल,
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सिन्धुलीमाढीमा रहेको खाद्यान्न डिपो तथा पसलहरुको अनुगमन गरी म्याद गुज्रेका अखाद्यबस्तु नष्ट गरेको छ । सोमबार सहायक प्रमुख जिल्ला अधिकारी ऋषीप्रकाश सिग्देलको नेतृत्वको टोलिले कमलामाई नगरपालिका ६ रातमाटा र ४ ढुङग्रेबासमा रहेका दुई दर्जन खाद्यान्न डिपो तथा पसलहरुको अनुगमनको क्रममा म्याद नागेका खान अयोग्य बस्तुहरु जफत गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत भिम बस्नेतले जानकारी दिए । उनका अनुसर गनुगमनको क्रममा जफत गरिएको म्याद गुज्रेका बोडी, रियल जुस, लिची जुसर, कुरकुरे, चाउचाउ र बिस्कुट नष्ट गरिएको हो । अनुगमन टोलीमा खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख प्रेम अर्याल,घरेलु उद्योग बिकास कार्यालय सिन्धुलीका प्रतिनिधी, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रतिनीधिको सहभागीता रहेको थियो ।