काठमाडौँ – कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृ-त्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृ-त्यु हुनेको संख्या १४ पुगेको छ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा आइतबार कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जाका एक वृद्धको निधन भएको हो।
वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का वृद्धको निधन भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जनाए।