जुम्लामा चन्द समूहका एक कार्यकर्ता पक्राउ ! दुई वडा सिल

  • प्रकाशित मिति: आइतबार, जेष्ठ २५ २०७७
  • तामाकोशी

खलङ्गा( जुम्लामा नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । सिञ्जा गाउँपालिका– १ का २९ वर्षीय शक्तसिंह रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दले बताउनुभयो । उनलाई सिञ्जामा मसाल जुलुस गरी एमसिसीसहित विभिन्न नाराबाजी गर्दै मसाल जुलुस गरेको समयमा पक्राउ गरी रोकायालाई अभद्र व्यवहारको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुई वडा सिल
जुम्लाको चन्दननाथ नगरपालिकाका दुई वडा सिल गरिएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि वडा सिल गरिएको हो । जिल्लास्तरीय एकीकृत क्वारेन्टिन रहेको सो वडाका स्थानीयवासीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि सिल गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो ।



जिल्लाको पूर्वमा देवलडाँडा, पश्चिममा जुगाडखोला, उत्तरमा सिनामुल तथा दक्षिणमा जुम्ला बुहुमखी क्याम्पसको चार किल्लाभित्रको क्षेत्रलाई सिल गरिएको प्रशासनले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै जुम्लामा तीन दिनदेखि जारी कर्फ्यु २३ गते राति १२ः०० बजेदेखि हटेको छ । ९रासस०