रामेछाप । जेठ २४ गते,
रामछापमा फरार भएका दुईजना कोरोना संक्रमित मध्ये एक जना अझै बेपत्ता छन् । शुक्रबार संक्रमण पुष्टि भएपछि फरार भएका गोकुलगंगा गाउँपालिकाका दुई जनामध्ये एक जनालाई फेला पारिएका र एकजना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बेपत्ता भएका एक जनाको खोजीकार्य जारी रहेको जानकारी दिए । उनले संक्रमित व्यक्ति भागेर लुक्न सक्ने ठाउँहरुको पहिचान गरी खोजी कार्यका लागि आवश्यक प्रहरी परिचालन गरिएको समेत बताए । संक्रमित व्यक्ति भागेर बाहिर जानसक्ने संभावना कम भएकाले नीजलाई चाडैने फेला पारिने उनको भनाई छ । यसअघि जिल्लाको गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखुतामाकोशी गाउँपालिकाका ६ जना गरी १७ जनामा एकैदिन शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । यसमध्ये गोकुलगंगा गाउँपालिका दुई जना संक्रमित फरार भएका थिए । फरार दुईजनामध्ये एक जना फेला परिसकेका छन्। गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्क बहादुर सुनुवारले भारतबाट आएर क्वारेन्टिनमा बसेकालाई शुक्रबार बिहान पीसीआर रिपोर्ट आउनुअघिनै घर पठाएका थिए । तर शुक्रबार साँझ घर पठाइएकाको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि दुइजना भागेर फरार भएको थिए ।
यस्तै जिल्लामा एकैदिन १७ जनामा कोरोना संक्रमित पुष्टि भएसैगै शनिबारदेखि अत्यावश्यक सामाग्री पाइने पसल व्यवसाय पनि बिहान निश्चित समयका लागि मात्रै खुलेका छन ।शुक्रबार अधिकांस पसल व्यवसाय खुलेको मन्थली बजारमा शनिबार स्थानीय प्रशासनको निर्देशन अनुसार खाद्यान्न , दुध, फलफूल , तरकारी पसल , ग्यास डिपो पनि बिहान ६ बजेदेखि १० बजेसम्म मात्रै खुलेका छन् । यस्तै बैंक , विक्तिय संस्था ,बिमा , धितोपत्र , सहकारीलाई पनि अति आवश्यकीय सेवा प्रवाह गर्न आवश्यक कर्मचारीको एकतिहाई कर्मचारी मार्फत बिहाद १० बजेदेखी दिउँसो १ बजेसम्म सेवा संचालन गर्न जिल्ला प्रशासनले निर्देशन दिएको छ ।
रामेछापमा कोरोना पुष्टि भएपछि फरार एक संक्रमित अझै बेपत्ता
- प्रकाशित मिति: शनिबार, जेष्ठ २४ २०७७
- तामाकोशी