काठमाडौँ – नेपाली गीतसंगीत भने पछी हरुकै हुने एक सर्जक हुन् केशब पौडेल । पौडेलले नेपालि लोक संगीतको क्षेत्रमा छुट्टै इतिहास लेखाउन सफल भैसकेका छन् । पौडेलको शब्द सृजनामा केहि वर्ष अगाडी बजारमा आएको‘उही खोलीको पानी उही खोलीको माछा’गित सर्वाधिक चर्चामा आयो र छोटो समयमा नै करोड क्लबमा पुगेको थियो ।
पौडेलका हरेक गीता उत्तिकै चर्चाको सिखरमा पुगेका छन् । पौडेलको सृजना रहेको एक एर्को गित ’गुन्द्रुक मिठो साग’पनि आम दर्शक स्रोताको मन मुटुमा बस्न एक सफल गित हो । यसै सन्दर्भमा आज फेरी S3K Entertainmentको प्रस्तुतिमा उनै सर्जक केशव पौडेलको उत्कृष्ट शब्द सृजनामा “पुतली”सार्वजनिक भएको छ । चर्चित रचनाकार तथा संगितकार शिव हमालको उत्कृष्ट संगीत रहेको गीतमा विक्रम परियार र चर्चित लोकदोहोहोरी गायिका देवि घर्तिमगरको स्वर रहेको छ । सर्जक शिव हमालका हरेक गित पनि उतिकै चर्चामा पुग्न सफल भएका छन् । “हास्न सिकायौ,पारेउ मलाइ रुन मायाले,देउरालीको भट्टी पसल,कसलाई सोध्ने होला,सानु कहाँ छौपछेउरी लेउ बैना”जस्ता सुपरहिट गीतहरुको सृजना शिब हमालले गरेका थिए उनले गरेका गीतहरु अहिलेपनि उतिकै चर्चामा छन । पछिल्लो समय लामुमै गीतबाट थप चर्चामा आएका शिब हमालले फेरी”पुतली”गीतमा संगित भरेका छन् ।
निर्देशक तथा कोरियोगरफ देबेन्द्र कुवरको निर्देशनमा रहेको उक्त म्युजिक भिडियो नरेश ऐरले छायाकन गर्नु भएको हो भने टेकेन्द्र शाहाले म्युजिक भिडियो सम्पादन गर्नु भएको छ । म्युजिक भिडियोमा पछिल्लो समय युवा पुस्ताका ढुकढुकी बनेका युवा मोडल दुर्गेश था र रविना भण्डारीको उत्कृष्ट अभिनय रहेको छ । यो म्युजिक भिडियो S3K Entertainment को अफिसियल युटुबबाट सार्बजनिक भएको छ । यो गीतका सम्पूर्ण टिमलाई हार्दिक बधाई । आशा छ यो गीतले पनि बिगतका गीत झैँ चर्चा कमाउने छ ।
हेर्नुहोस भिडियो :