रामेछाप । जेठ २३ गते,
सदरमुकाम मन्थली बजारमा शुक्रबार बिहानैदेखी अधिकांस पसलहरु खुलेका छन् । अहिले मन्थलीमा होटल, व्युटीपार्लर र हजाम बाहेकका पसल खुलेका छन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बिहिबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले पसल व्यवसाय खोल्ने निर्णय गरेसंगै शुक्रबार बिहानैदेखी खाद्यान्न , दुध , फलफूल , तरकारी , ग्यास डिपो , इलोक्ट्रोनिक , किराना, कपडा, हार्डवेर, कस्मेटिक, कृषि औजार, पुस्तक तथा स्तेशनरी लगायतका पसल खुलका हुन् । यी पसल व्यवसायहरु शुक्रबार बिहानदेखि दिउँसो १ बजेसम्म सञ्चालन गर्नदिने जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ । संकट व्यवस्थापन केन्द्रले हरेक पसलको बाहिर सेनिटाइजर , हात धुने साबुन पानी लगायतको व्यवास्थ गर्नुपर्ने , यसका लागि रामेछाप उद्योग वाणिज्य संघले सहजिकरण गर्ने र सुरक्षा सावधानी नअपनाउने पसललाई भने अनुगमन गरी बन्द गराइने निर्णय गरिएको छ । तर बिहानैदेखी खुलेका पसलहरुमा संकट व्यवस्थापन केन्द्र रामेछापले गरेको निर्णय खासै कार्यान्वयन भएको देखिदैन । छिमेकी जिल्लाहरु सिन्धुली , काभ्रे र दोलखामा समेट कोरोना भाइरस संक्रमित भेटिएको अवस्थामा रामेछापमा भने लकडाउनलाई झन खुकुलो बनाइएको छ ।
