रामेछाप । जेठ २२ गते,
रामेछाप जिल्लाका ३७ जना पत्रकारहरुले कोरोना बिमा गराएका छन् । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे ) रामेछापले जिल्लामा रहेर विभिन्न संचार माध्यममा कार्यरत २० जना महिला र १७ जना पुरुष पत्रकारको आइएमई जनरल इन्स्योरेन्स लिमिटेड मार्फत कोरोना बिमा गरिएको (डब्लुडब्लुजे ) रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले जानकारी दिइन् । विश्वमा महामाररीका रुपमा फैलिएको संक्रामक रोग कोरोना भाइरस कोभिड–१९ को महामारीका वीचमा पनि जोखिम मोलेर आफ्नो पेशामा निरन्तर रुपमा खटिरहेको पत्रकारहरूको कोरोना विमा गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
