रामेछापमा २ सय ३ जना क्वारेन्टिनमा, मन्थलीका होटेलहरुमा पेयिङ क्वारेन्टिन

  • प्रकाशित मिति: बुधबार, जेष्ठ २१ २०७७
  • तामाकोशी

रामेछाप । जेठ २१ गते,
भारत लगाएतका विभिन्न ठाउँबाट मानिसहरु आउनेक्रम बढेसंगै रामेछापमा क्वारेन्टिनमा बस्नेको संख्या दैनिक बढ्दै गएको छ । जिल्लाको विभिन्न पालिकाका नागरिकहरु भारत लगाएतका ठाउँबाट आफ्नो घर फर्कने क्रम जारी छ । बुधबारसम्म जिल्लाको विभिन्न पालिकाहरुमा क्वारेन्टिनमा बस्नेको संख्या २ सय ३ पुगेको छ । अहिले उमाकुण्ड गाउँपाकिलामा २१ , मन्थली नगरपालिकामा ५१ , रामेछाप नगरपालिकामा २८ , गोकुलगंगा गाउँपालिकामा २३, खाँडादेवी गाउँपालिकामा २३ , सुनापति गाउँपालिकामा ५ , दोरम्बा गाउँपालिकामा १६ र लिखुतामाकोशी गाउँपालिकामा ३६ जना गरी २ सय ३ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले बताए । कर्णका अनुसार जिल्लाभर १ सय ४६ जना सामुदायिक क्वारेन्टिन र ५७ जना होम क्वारेन्टिनमा बसेका छन् । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७१ शैयाको आइसोलेशन कक्ष र ३ सय ३१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ । जिल्लामा क्वारेन्टिनमा बस्नेको संख्या दैनिक रुपमा बढ्दै गएपछि सदरमुकाम मन्थलीमा संचालित ७ वटा होटेलहरुमा १ सय ६३ बेडको पेयिङ क्वारेन्टिनको व्यवस्था गरिएको छ ।

मन्थलीमा संचालित होटेलहरुमा पेयिङ क्वारेन्टिन राख्ने बारेमा गरिएको निर्णय र भएका सहमति