रामेछाप । जेठ २० गते,
बागमती प्रदेश सरकारले आगामी असार १ गते आइतबार बजेट सार्वजनिक गर्ने भएको छ । यसका लागि जेठ ३१ गते शुक्रबार र त्यसको भोलिपल्ट जेठ ३२ गते शनिबार बस्ने प्रदेशसभाको बैठकमा बजेटको सैद्धान्तिक पक्ष,बजेटको प्राथमिकताको क्षेत्र ,राष्ट्रिय गौरवको आयोजना र विकास निर्माणका काम, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयमा छलफल हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपां) संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिए ।प्रदेशसभाको केही दिनअघि बसेको छैटौँ बैठक आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम पारित गरेर स्थगन भएको थियो ।
आगामी असार १ गते बजेट सार्वजनिक गर्ने बागमती प्रदेश सरकारको तयारी
- प्रकाशित मिति: मंगलबार, जेष्ठ २० २०७७
- तामाकोशी