रामेछापमा क्वारेन्टिनमा बस्नेको संख्या १ सय ७० पुग्यो

  • प्रकाशित मिति: शनिबार, जेष्ठ १७ २०७७
  • तामाकोशी

रामेछाप । जेठ १७ गते,
रामेछापमा क्वारेन्टिमा बस्नेको संख्या दैनिक रुपमा वृद्धि हुँदै गएको छ । जिल्लाको विभिन्न पालिकाहरुमा भारत लगाएतका विभिन्न ठाउँबाट मानिसहरु आउनेक्रम बढेसंगै क्वारेन्टिनमा बस्नेको संख्या पनि बढ्दै गएको हो । शनिबारसम्म जिल्लाको विभिन्न पालिकाहरुमा क्क्वारेन्टिनमा बस्नेको संख्या १ सय ७० पुगेको छ । अहिले उमाकुण्ड गाउँपाकिलामा १५ , मन्थली नगरपालिकामा ४६ , रामेछाप नगरपालिकामा १९ , गोकुलगंगा गाउँपालिकामा १२, खाँडादेवी गाउँपालिकामा २३ , सुनापति गाउँपालिकामा ५ , दोरम्बा गाउँपालिकामा १६ र लिखुतामाकोशी गाउँपालिकामा ३४ जना गरी १ सय ७० जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले बताए । कर्णका अनुसार जिल्लाभर १ सय १३ जना सामुदायिक क्वारेन्टिन र ५७ जना होम क्वारेन्टिनमा बसेका छन् । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७१ शैयाको आइसोलेशन कक्ष र ३ सय ३१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।